ग्लोबल आइएमई बैंक र इशान अस्पताल बीच छूट दिने समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2024 | 05:55:24 PM मा प्रकाशित

ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पताल बीच अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने सहमती भएको छ । उक्त समझदारीमा कम्पनीका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा अस्पतालका निर्देशक प्राडा रामनन्दन पी चौधरीको पनि उपस्थिति थियो ।यस सम्झौता अनुसार अस्पतालले कम्पनीका डेबिट तथा क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छूट प्रदान गर्नेेछ । 

अस्पतालले कम्पनीका ग्राहकहरुलाई शैय्या शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओपीडीलगायतका सेवाहरुका साथै आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छूट प्रदान गर्नेछ । सम्झौतामा हस्ताक्षर पछि अस्पतालका निर्देशक चौधरीले यस प्रकारको पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।

यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने बताए ।ग्राहकवर्गको सुविधालाई ध्यानमा राख्दै कम्पनीले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक साझेदारी योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । कम्पनीले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved