नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ। उक्त अवधिको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी र खुद नाफा सामान्य घटेको छ ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९८ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो।
खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेकाले कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ५४.२६ प्रतिशतले घटेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ६.८६ प्रतिशत र सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेको छ।
यस्तो नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ पैसा घटेर ६.१६ रुपैयाँमा झरेको छ। उक्त अवधिसम्ममा कम्पनीको निक्षेप ६.९३ प्रतिशत घटेको देखिन्छ छ भने कर्जा ४ प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ छ।कम्पनीको रिजर्भ कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी,कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा छ। कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।