नेपाल एसबिआई बैंकलाई ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2024 | 11:05:11 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३’ बाट नेपाल एसबिआई बैंक लिमिटेड सम्मानित भएको छ । कम्पनीले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।

बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेकोमा आईक्यानले उक्त कम्पनीलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

कम्पनीले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved