४० अर्ब रुपैयाँ झिक्दै नेपाल राष्ट्र बैंक,आजै बोलकबोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2024 | 01:03:57 PM मा प्रकाशित

nepal oil ltd

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि बुधबार पुन : ४० अर्ब रुपैयाँ झिक्ने तयारी गरेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

वित्तीय प्रणालीमा पैसा धेरै भएपछि ब्याजदर तल झर्न नदिनका लागि राष्ट्र बैंकले केही दिन यता बजारबाट पैसा झिक्दै आइरहेको छ ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले बताएको छ । हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

सूचनामा निक्षेप संकलन खरिदका लागि बुधबार अपरान्ह ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई भनिएको छ। जसमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved