सिटिजन्स् बैंक र नेपाल मेडिसिटि वयोधा हस्पिटल बीच छ्रूट दिने समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2024 | 04:06:34 PM मा प्रकाशित

सिटिजन्स् बैंक इन्टरनेशनल र पर्साको वीरगंजस्थित नेपाल मेडिसिटि वयोधा हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ ।

सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउने छन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । 

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने पनि कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved