जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 12:50:55 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले देशैभरि  शाखा कार्यालयको सञ्जाल भएका सरकारी वित्त कारोबार गर्ने वाणिज्य बैंकहरुलाई राजस्व संकलनमा सहयोग गर्न निर्देशन गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूले जरिवाना बापत तिर्ने ५ हजार रुपैयाँ संकलन गर्न दिएको जिम्मेवारी अनुसार राजस्व संकलन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन गरेको हो । 

आयोगले साउन १६ गते देशैभरीबाट जरिवाना बापतको राजस्व उठाउन राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णयसहित पत्राचार गरेको थियो ।

संघीय राजस्व खाता नम्बर १४३१२ खुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको कोर्ड समेत उल्लेख गरी ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन सरकारी कारोबार गर्ने सबै बैंकहरुमा पत्राचार गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved