प्रभु बैंकले प्यूठान जिल्लाको प्यूठान नगरपालिका- ४ स्थित बिजुवारमा ३१५ औं शाखा स्थापना गरेर साउन २५ गतेदेखि सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले कम्पनीको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ ।साथै कम्पनीले यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभएर समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएको छ ।
बिजुवार शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत् करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बताएको छ ।