माछापुच्छ्रे बैंक र ई-क्यान झापा बीच व्यवसायिक सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 03:35:49 PM मा प्रकाशित

 माछापुच्छ्रे बैंक र इजुकेशनल कन्सलटेन्सी एशोसिएशन झापा बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा ई-क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा कम्पीको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ई-क्यान झापामा आवद्ध परामर्शदाताहरुलाई कम्पनीले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ ।

ई-क्यानका साथै यसमा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्नेलगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । 

कम्पनीले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved