राष्ट्र बैंकले रद्द गर्‍यो २ मनी एक्स्चेन्जको इजाजत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2024 | 12:14:55 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले दुई वटा मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो ।काठमाडौंको ठमेलस्थित रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकस्थित कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरिएको केन्द्रीय बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।

केन्द्रीय बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौथो संशोधनसहित ९ को विनियम १९ को उप-विनियम ३० मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो । 

हेर्नुहोस सूचना :

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved