एनआईसी एशिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ ।
खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालय वा बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न सकिने पनि कम्पनीले बताएको छ ।निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक हुने कम्पनीले बताएको छ ।