नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(केआईओसीएच) लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोग रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।
कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपानेलगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
कम्पनीबाट प्रदान भएको उक्त रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी उक्त संस्थाले काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुने बताइएको छ ।