निफ्राको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 12:39:18 PM मा प्रकाशित

nepal oil ltd

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन् ।  

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम कम्पनीको सञ्चालक समितिको १४९औं बैठकको निर्णयले भदौ २८ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालको लागि उनी स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत भएका उनले एमपीए तथा एमबीए गर्नुका साथै कानूनमा स्नातक समेत गरेका छन् । उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव छ ।

उनको कार्यकालमा थप उचाई हासिल गर्नेछ विश्वास लिएको कम्पनीले बताएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved