एनआईसी एशियाका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 05:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलको विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छूट प्रदान गर्ने भएको छ । 

आउँदै गरेको दशैंतिहार तथा छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट कार्ड तथा भिजा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई कम्पनीले यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।

उक्त छूट प्रदान गर्ने विषयमा कम्पनीका प्रतिनिधि तथा उक्त होटलका प्रतिनिधि बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसअनुसार भिजा डेबिट कार्डरभिजा क्रेडिट कार्ड र र प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई,खाना तथा पेय पदार्थमा २० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । 

यस्तै स्पा सेवामा भिजा डेबिट कार्ड मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिजा क्रेडिट  कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । साथै,आफ्नो विशेष अवसर परेर होटलमा बस्ने कम्पनीका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र  भिजा क्रेडिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न सक्नेछन् ।

यस्तो छूट योजना आगामी मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुने कम्पनीले बताएको छ । रुम अपग्रेडको सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने छ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved