माछापुच्छ्रे बैंकको मनायो २४औं वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2024 | 01:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा मनाइरहेको छ।

उत्सव र सहयोगु भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रूपमा लिएको हो। यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको छ।

बैंकले  वार्षिकोत्सवको अवसरमा बाढी पिडितलार्ई २०० थान ब्लाङ्केट प्रदान गरेको बैंकले जनााएको हो । बैंकका अनुसार बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो ।   

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउंदै आएको बैंकले यस वर्ष २४औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ भने “उत्सव र सहयोग“ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बैंकले जनाएको छ । 

जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ । 

यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ । यसैगरी बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु संचालनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved