बैंकहरुको नाफा बढ्नुमा कर्जा असुली मात्रै कारण हो वा छन् यस्ता गडबढी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2024 | 11:17:29 AM मा प्रकाशित

laxmi sunrise bank

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंक बित्तिय संस्थाले खुद मुनाफा बढाएको वित्तिय विवरण सार्वजनिक गरेका छन्। मूख्य आम्दानी मानिने ब्याज आम्दानी घटेपनि अधिकांश बैंकहरुको खुद मुनाफा बढेको तथ्यांकले देखाएको छ। 

आर्थिक गतिविधिमा सुस्तता आउँदा व्यवसाय नभएर सावाँ ब्याज तिर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या बढ्दो छ भने नेपाल सरकारले पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन। 

अर्कोतर्फ आयातमा समेत मन्दी आउँदा विदेशी मुद्रा संचिति आवश्यक भन्दा बढी थुप्रिएको छ भने ब्यापार घाटा पनि कम भएको देखिएको छ। अर्थतन्त्रका आन्तरिक  सूचक राम्रो नभएकैले बाह्य सूचक केहि सकारातमक देखिएको अवस्था र व्यवसायिक गतिबिधिमा पनि मन्दी आउँदा बैकहरुको नाफा बढ्नुमा कर्जा असुली मात्रै कारण नभएको जानकार बताउछन। 

जानकारकाअनुसार नेपाल राष्ट्र बैंकले लिएको प्रोभिजन सम्बन्धि खुकुलो व्यवस्था पनि बैंकहरुको नाफा बढेको देखिएको हो। अर्कोतर्फ, केहि हदसम्म कर्जा असुली सकारात्मक बन्दै गएकाले पनि 'प्रोभिजन' पनि आम्दानीमा गणना हुँदा अधिकांश बैंकहरुको ब्याज आम्दानी घट्दा पनि नाफा बढेको देखिएको हो। 

'अहिले कर्जा असुली भएपछि हिजोका दिनमा त्यहि कर्जाका लागि गरिएका प्रोभिजन आम्दानीमा गणना हुँदा नाफा बढेको देखिएको हो ' एक बैंकका प्रमुख वित्त प्रमुखले बताए। 

त्यस्तै केहि बैंकहरुले ठुला कर्जा साटफेर गरेर खराब कर्जालाई असल कर्जामा गणना गराएका पनि ती बैंकहरुको नाफा राम्रो देखिएको स्रोत बताउँछ। "एउटा बैंकमा भएको खराब कर्जालाई अर्को बैंकमा साट्दा दुवै बैंकलाई राम्रो हुने र केहि कर्जा थप हुँदा ऋणीलाई पनि सजिलो हुने भएकाले केहि बैंकले गोप्य रुपमा यस्तो काम गर्दा पनि उनीहरुको नाफा बढेको देखिएको स्रोतको दाबी छ। 

२० मध्ये १२ वटा बैंकको नाफा बढ्यो 

२० वटा बैंकहरु मध्ये १२ वटा बैंकहरुको नाफा बढेको छ भने ८ वटा बैंकको नाफा खुम्चिएको छ। जसमा सिद्दार्थ बैंकको सबै भन्दा बढी ७९२ प्रतिशतले खुद मुनाफा बढेको छ भने सिद्दार्थ बैंकलाई पछ्याएको लक्ष्मी सनराइज बैंकको ४२० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल बैंकको ३२२ प्रतिशतले खुद मुनाफा बढेको छ भने कुमारी बैंकको ३०८ प्रतिशतले बढेको छ। 

त्यस्तै मुनाफा घटेका आठ बैंक मध्ये सबैभन्दा धेरै कृषि विकास बैंकको १२२ प्रतिशतले खुद मुनाफा घटेको छ भने कृषि विकास बैंकलाई राष्ट्रिय बाणिज्य बैक, हिमालयन बैंक र सानिमा बैंकले पछ्याएका छन्। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved