ग्लोबल आइएमई बैंकका ग्राहकका लागि यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2024 | 12:12:05 PM मा प्रकाशित

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित रु. ५ सय क्यासब्याक पाउनेछन् । 

बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा र काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी रु. ५ सय क्यासब्याक पाउनेछन् । साथै ग्राहकहरूले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएको छ । 

त्यस्तै ग्राहकवर्गका सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved