नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि बीच सम्झौता भएको छ । नेपाल बैंकले बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले दराजसँग सम्झैता गरेको हो ।
सम्झैता अनुसार बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट प्राप्त गने्र्र छन्। क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँ बराबरको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
छुट प्राप्त गर्न नेपाल बैंकका शाखामा सम्पर्क गरी ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।