जी-२० को समर्थनप्राप्त एसएमई फाइनान्स फोरमको सदस्य बन्यो नेपाल बैंकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2024 | 09:25:09 AM मा प्रकाशित

nepal oil ltd

नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ। जी–२० र आईएफसी विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो। 

यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ्ग र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।

सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलीमले नेपाल बैंकर्स संघलार्ई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउदै नेपालको उदयमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रबद्र्धन गर्न यसले मद्दत पुर्याउने बताए। 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील के.सी.ले विशेष गरी नेपालमा नियामक निकाय र बैंकहरू दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउनमा सक्रिय रूपमा केन्द्रित भएको परिवेशमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ्ग क्षेत्रलाई विशेष रूपमा लाभ पुग्ने बताए। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved