यो शुक्रबार मौद्रिक नीतिको समिक्षा आउने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2024 | 09:44:53 AM मा प्रकाशित

laxmi sunrise bank

मौद्रिक नीतिको समिक्षा मङ्सिर दोस्रो साता सार्वजनिक हुने सम्भावना कम हुँदै गएको पाइएको छ। यहि साता ल्याउनेगरि तयारी अघि बढेपनि केहि आन्तरिक तयारीका कारण यहि शुक्रबार आउने सम्भावना कम रहेको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार अहिलेसम्म मौद्रिक नीतिको व्यवस्थापन समितिको बैठक समेत बसेको छैन। व्यवस्थापन समितिको बैठक बसेपछि राष्ट्र बैंक संचालक समितिको बैठकले स्वीकृत गरेपछि मात्रै मौद्रिक नीतिको समिक्षाले पूर्णता पाउने भएकाले यो शुक्रबार आउने सम्भावना कम छ। 

यद्दपि त्रैमास सकिएको ४५ दिन भित्र मौद्रिक नीतिको समिक्षा ल्याउनुपर्ने भएकाले यहि शुक्रबार ल्याउन चाहँदा मौद्रिक नीतिको समिक्षा ल्याउन सकिने राष्ट्र बैंकका एक अधिकारीले बताए। राष्ट्र बैकले प्रत्येक त्रैमास सकिएको ४५ दिन भित्र मौद्रिक नीतिको समिक्षा ल्याउनुपर्ने कानुनी प्राबधान छ। 

राष्ट्र बैकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले सम्बन्धित बिभाग समिक्षाको तयारी जुटिसकेको बताउदै यहि मङ्सिर दोस्रो साता समिक्षा सार्वजनिक हुने बताएका छन्। पहिलो त्रैमासको समिक्षा भएको र वित्त बजारमा धेरै कुराहरु गर्नुपर्ने अवस्था नभएकाले समिक्षामा ठुलै नीतिगत परिवर्तन आउने सम्भावना कम भएको डा पोखरेलको भनाई छ। 

"समिक्षा मङ्सिर दोस्रो साता सार्वजनिक हुन्छ, तर सबै क्षेत्रलाई हेर्दा समिक्षामार्फत धेरै नीतिगत परिवर्तन गर्नुपर्ने देखेका छैनौं' डा पोखरेलले भने, “यद्दपि सम्बन्धित विभागले यसको तयारीमा जुटेकाले केहि नीतिगत कुरामा केहि परिवर्तन हुन् पनि सक्छ ।”

चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको एउटा त्रैमास मात्रै भएकाले तथा पछिल्लो वित्त अवस्था पनि सामान्य तरिकाले अघि बढेकाले समिक्षा मार्फत ठुलै नीतिगत परिवर्तनको अपेक्षा गरिएको छैन।  यद्दपि शेयर धितो कर्जामा सिलिङ्ग हटाउन सक्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउन सक्ने जस्ता केहि नीतिगत परिवर्तन हुने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved