नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बिच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2024 | 10:55:29 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने Consultation शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।   

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved