नेपाल एसबिआई बैंकले प्रबन्ध सञ्चालक तथा सीईओमा रामकुमार तिवारीलाई नियुक्त गरेको छ । गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले माघ २ गतेदेखि लागु हुने गरी तिवारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
भारतीय स्टेट बैंक (एसबिआई) ले सीईओ दीपककुमार दे लाई एसबिआईमा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका लागि माघ २ बाट सीईओ पदबाट मुक्त गराउने निर्णय लिएसँगै नेपाल एसबिआई बैंकमा नयाँ सीईओ नियुक्त भएका हुन् । हाल तिवारी एसबिआईका जनरल म्यानेजर पदमा कार्यरत छन् ।