बैंकर्स संघमा १२ वर्षपछि चुनाव, अध्यक्षमा कोइराला र शेरचनको प्रतिस्पर्धा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2024 | 11:30:42 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंकर्स संघको नेतृत्व चयनको लागि करिब १२ वर्षपछि प्रतिस्पर्धा हुने भएको छ। आगामी पुस ३ गते संघको वार्षिक साधारणसभा हुनेछ, जसमा अध्यक्ष, उपाध्यक्ष र तीन सदस्यको चयन गरिनेछ। 

यस निर्वाचनमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच प्रतिस्पर्धा हुने देखिएको छ।कोइरालाले अध्यक्ष पदका लागि सोमबार मनोनयन दर्ता गरिसकेका छन् भने शेरचनले मंगलबार  उम्मेदवारी दर्ता गरेका छन्। 

कोइरालाले संघको चलनअनुसार उपाध्यक्षको पदबाट अध्यक्ष बन्ने दाबी गरेका हुन् भने शेरचनले पछिल्लो १२ वर्षदेखिको प्रचलन मिचेर उम्मेद्वारी दिएका हुन्।  १२ वर्षदेखि वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष नै अध्यक्ष पदको लागि चयन हुँदै आएको प्रचलन छ। 

यसअघि पनि शशिन जोशीले अध्यक्षमा दोहोरिन चाहेपछि जोशी र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाबीच चुनाव भएको थियो। त्यो बेला प्रचलन अनुसार नै आएको भन्दै बैकरहरुले अशोक राणालाई समर्थन गर्दै अध्यक्ष बनाएका थिए। 

प्रचलन विपरित अशोक शेरचनले अध्यक्षमा उम्मेद्वारी नदिएको भए कोइराला स्वत: अध्यक्ष बन्ने थिए। त्यसयता सहमतिमै राजन सिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन्। 

संघको उपाध्यक्ष पद अहिले रिक्त हुनेछ, र यस पदको लागि अहिलेसम्म कुनै मनोनयन दर्ता भएको छैन। साथै, नेपाल एसबीआइ बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतका पदहरू पनि रिक्त हुनेछन्। यसैले, संघमा नयाँ सदस्यहरूको चयन पनि हुनेछ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved