नेपाल बैंकको गोलबजार शाखाको भवन उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2024 | 09:36:23 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंक लिमिटेडले आफ्नो गोलबजार शाखाको भवन उद्घाटन गरेको छ। बैंकले बिहीबार गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले भवनको उद्घाटन गरेका हुन् । 

बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरुप निर्माण भएको उक्त भवनबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिँदै आएको छ । आगामी दिनमा ग्राहकहरुलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्न यस बैंक कटिबद्ध रहेको बैंकले भनाई छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved