विदाईको मुखैमा गभर्नर अधिकारीले गरे २६ निर्देशकको सरुवा, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2025 | 12:57:26 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकिन केहि महिना बाँकी रहँदा दुई दर्जन बढी निर्देशकको सरुवा गरेका छन्। यहि चैत २५ गते कार्यकाल सकिएर घर फर्किन लागेका गभर्नरको यस प्रकारको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ। 

राष्ट्र बैकका सूचना अधिकारी भागवत आचार्यकाअनुसार पुष २२ गतेको निर्णयअनुसार २६ जना निर्देशकको सरुवा गरिएको छ। २४ जनालाई नियमित सरुवा गरिएको छ भने दुई जनालाई पदस्थापन गरिएको छ। सरुवा तथा पदस्थापन यहि पौष २८ देखि लागू हुनेछ। 

लामो समयदेखि महत्त्वपूर्ण विभागमा रहेका निर्देशकहरुलाई अर्को विभागमा सरुवा गरिएको छ भने महत्त्वपूर्ण विभागमा नयाँ निर्देशकहरु राखिएको छ। हाल नियमन बिभागमा रहेका निर्देशक डा सत्येन्द्र तिमिल्सेनालाई गभर्नरको कार्यालयमा तानिएको छ भने उनको ठाउँमा नियमन बिभाग नेपालगंज कार्यालयमा रहेका देवेन्द्र गौतमलाई ल्याइएको छ। 

त्यस्तै वित्त व्यवस्थापन विभागबाट इन्द्रा चाम्लागाईल मैनालीलाई नियमनमा लगिएको छ। भने, वित्त व्यवस्थापन बिभाग को मिना पाण्डेलाई बैंक सुपरिवेक्षणमा लगिएको छ। 

त्यस्तै, सिद्दार्थनगर कार्यालयमा कार्यरत विज्ञान राज सुवेदीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभाग लगिएको छ भने बिरगंज कार्यालयमा कार्यरत शरण कुमार अधिकारीलाई गैर बैंक वित्तिय संस्था सुपरिवेक्षण विभाग लगिएको छ। 

त्यस्तै पोखरा कार्यालयमा कार्यरत विना ढकाल पौडेललाई विदेशी विनिमय व्यवस्थापन विभाग सरुवा गरिएको छ भने धनगढी कार्यालय रहेका सुवास आचार्यलाई बैंक सुपरिवेक्षण विभाग लगिएको छ।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved