प्रभु बैंकको संचालकमा एघार जनाको मनोनयन दर्ता, सीइओमाथि नक्कली प्रोक्सीको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2025 | 11:55:42 PM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंकको संचालक बन्नका लागि ११ जनाले मनोनयन दर्ता गरेका छन्। पुष २६ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको समयमा संस्थापक समूहबाट ६ जना र सर्वसाधारण समूहबाट ५ जनाले मनोनयन दर्ता गराएका हुन्। बैंकको पुष २९ गते हुने वार्षिक साधारणसभाबाट नयाँ संचालक समिति चयन गरिने भएकाले इच्छुकहरूले मनोनयन दर्ता गराएका हुन्।

पहिले सहमतिमा संचालक चयन गरिने भनिए पनि बहालवाला संचालक समितिका बहुमत सदस्य र बैंकको उच्च व्यवस्थापनले आफ्नो अनुकूलको समिति बनाउन खोजेपछि धेरैले मनोनयन दर्ता गरेको संस्थापक शेयरधनीहरू बताउँछन्। उनीहरूका अनुसार, संचालक समितिमा एकलौटी भएकोले बैंकलाई अप्ठ्यारोमा पारेको छ। सन्तुलित समिति बनाउन सहमतिमा अघि बढ्नुपर्नेमा प्रभु समूहको एकलौटी प्रयासले अन्य संस्थापक शेयरधनीहरू, जस्तै एसियन लाइफ, शशिकान्त अग्रवाल समूह, र मिनबहादुर गुरुङ लगायतलाई सन्तुलित समिति बनाउने प्रयासमा लाग्न बाध्य बनाएको छ।

यसबीच, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनमाथि नक्कली प्रोक्सी संकलन गर्ने प्रयास गरेको गम्भीर आरोप लागेको छ। शेरचनले आफ्नो अनुकूलको संचालक समिति बनाउन संचारकर्मी र शेयरधनीलाई प्रलोभनमा पारेर प्रोक्सी जुटाउन खोजेको र बैंकका आन्तरिक विषयमा अनियमितता गरेको आरोप छ।

शेरचनमाथि आर्थिक हिनामिनाको गम्भीर आरोप लगाउँदै अदालतमा दुईवटा मुद्दा दायर भइसकेका छन्। पाटन उच्च अदालतले नेपाल राष्ट्र बैंक ऐन २०७३ अनुसार उनलाई सीईओ पदमा नरहने आदेश दिए पनि शेरचनले पुनरावेदन माग गरेका छन्।

संचालक समितिमा प्रभु समूह, एसियन लाइफ, र नागरिक लगानी कोषका प्रतिनिधि रहनेछन्। तर, सर्वसाधारण समूहबाट प्रतिनिधि चयनमा शशिकान्त अग्रवाल समूहको भूमिका महत्त्वपूर्ण देखिएको छ। संचालक चयन र बैंक व्यवस्थापनलाई लिएर प्रभु बैंकभित्रको आन्तरिक विवाद गहिरिएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved