प्रभु बैंकमा लाग्यो चुनाव : दुई जना विरुद्द उजुरी, प्रमाण मेटाउन एटिएम बक्स नै गायब ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2025 | 06:30:11 PM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंकको संचालक पदका लागि भएको निर्वाचनमा उजुरी परेसँगै चुनावी माहोल तातिएको छ। दोस्रो पटक संचालक बन्न खोजेकी पूर्व संचालक डा अम्बिका लामिछाने र राजु पौडेलविरुद्ध उजुरी परेपछि माहोल तात्तिएको हो। 

लामिछानेले आफ्नो निजी घरमा प्रभु बैंकको एटीएम राखेर बजार मूल्यभन्दा धेरै शुल्क असुल गरेको र यो कार्य ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ विपरीत भएको भन्दै निर्वाचन कार्यालय र नेपाल राष्ट्र बैंकमा उजुरी परेको हो। 

उनीमाथि उजुरी परेपछि रातारात आफ्नो घरबाट एटीएम हटाएको आरोप छ।  त्यहाँका स्थानीयले पनि गत शुक्रबार मात्रै लामिछानेको घरबाट प्रभु बैंकको एटिएम हटाइएको बताएका छन्। तर डा लामिछानेले भने आफुले बैंकको संचालकमा आबेदन दिन अघिनै आफ्नो घरमा रहेको एटिएम हटाइएको बिजपाटीलाई बताएकी छन्।  लामिछाने यसअघि पनि संचालक पदबाट राजीनामा दिन बाध्य भएकी थिइन्।

प्रभु बैंकको पुर्व संचालक अम्बिका लामिछानेको घरमा रहेको बैंकको एटिएम बुथ


त्यस्तै, संचालक बन्न चाहने अर्का उम्मेदवार राजु पौडेलबिरुद प्रभु बैंककै कमलादी शाखाबाट तीन करोड कर्जा लिएको र त्यसको ब्याज बक्यौता रहेको आरोपसहित उजुरी परेको छ। यद्दपि आफुले उक्त कर्जा पुरै चुक्ता गरिसकेको पौडेलले बिजपाटीलाई बताएका छन्। 

बैंक संचालक पदमा ११ जनाको उम्मेदवारी परेसँगै आन्तरिक प्रतिस्पर्धा चर्किएको छ। उम्मेदवारलाई फिर्ता गराउन आर्थिक प्रलोभन र कम्पनीमा नियुक्तिको आश्वासन दिइएको बैंक स्रोतले जनाएको छ। चुनावी प्रक्रियाले बैंकमा स्वच्छताको सवाल उठाएको छ।

प्रभु बैंकको संचालक बन्नका लागि ११ जनाले मनोनयन दर्ता गरेका छन्। पुष २६ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको समयमा संस्थापक समूहबाट ६ जना र सर्वसाधारण समूहबाट ५ जनाले मनोनयन दर्ता गराएका हुन्। बैंकको पुष २९ गते हुने वार्षिक साधारणसभाबाट नयाँ संचालक समिति चयन गरिने भएकाले इच्छुकहरूले मनोनयन दर्ता गराएका हुन्।

- प्रभु बैंकको संचालकमा एघार जनाको मनोनयन दर्ता, सीइओमाथि नक्कली प्रोक्सीको आरोप

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved