
लामो रस्साकस्सिपछि प्रभु बैंकको २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। तर बहालवाला संचालक समिति र सीइओ अशोक शेरचनको संचालक समिति सदस्य निर्विरोध गर्ने प्रयास भने असफल भएको छ।
बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा बेलुकापख सम्पन्न निर्वाचन पश्चात संचालक समितिमा ६ जना निर्वाचित भएका छन। संस्थापक समूह तर्फबाट अम्बिका शर्मा लामिछाने, अन्गिरमान सिंह र वृष बहादुर बस्नेत निर्वाचित भएका छन् भने सर्वसाधारणतर्फ, सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजंग कार्की निर्वाचित भएका छन्।
८ करोड बढी मत ल्याएर संस्थापक समुहतर्फबाट निर्वाचित भएकी अम्बिका शर्मा लामिछाने र १ करोड ९९ लाख मत ल्याएर सर्वसाधारण समुहबाट निर्वाचित राजु पौडेल बिरुद्द निर्वाचनअघि नै नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो।
अम्बिका शर्मामाथि आफ्नै घरमा आफु संचालक रहेको प्रभु बैकको एटिएम बुथ राखेर सामान्य भन्दा बढी शुल्क लिएको आरोप लगाइएको थियो भने पौडेलमाथि आफु संचालक रहेको बैंकबाटै कर्जा लिएको आरोप लागेको थियो।
त्यसो त, अम्बिका शर्माले नेपाल राष्ट्र बैंकको ठाडो आदेशमा अघिल्लो पटक पनि संचालक समितिको सदस्यबाट राजिनामा दिएकि थिईन। तत्कालिन अध्यक्षसंगै आर्थिक हिनामिनामा मुच्छिएपछि राष्ट्र बैंकले अध्यक्षसंगै उनलाई पनि राजिनामा दिन लगाएको थियो।
प्रभु बैंकका सीइओं अशोक शेरचनमाथि आफु अनुकुलका व्यक्तिहरु संचालक समितिमा ल्याउने र बैककै पैसा प्रयोग गरेर उनीहरुलाई खुसि राखेर बैंकलाई आफु अनुकुल चलाउने गरेको आरोप छ।
नेपाल राष्ट्र बैकको गभर्नर बन्न तथा तथा राजनीतिमा लाग्नलाई सीइओ रहँदै बैंकको स्रोत र साधनको चरम दुरुपयोग गरेको आरोप छ। बैंक बित्तिय संस्था सम्बन्धि ऐन, बाफिया तथा उच्च अदालत पाटनको आदेशअनुसार शेरचन आउँदो बैशाख ३ देखि सीइओ पदमा रहन पाउनेछैनन।
- प्रभु बैंकमा लाग्यो चुनाव : दुई जना विरुद्द उजुरी, प्रमाण मेटाउन एटिएम बक्स नै गायब ?
- प्रभु बैंकको संचालकमा एघार जनाको मनोनयन दर्ता, सीइओमाथि नक्कली प्रोक्सीको आरोप