कृषि विकास बैंकको ५८औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2025 | 12:44:19 PM मा प्रकाशित

laxmi sunrise bank

कृषि विकास बैंक लि ५८औं बार्षिकोत्सवको अवसरमा संचालित बिभिन्न कार्यक्रम मध्येको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरताको लागि जनचेतना पुर्याउने उद्देश्यकासाथ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। 

मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पूनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाले सहभागिता जनाएका थिए । 

बार्षिकोत्सवको अवसरमा बैंकले एडिबिएल कर्पोरेट फुटसल टुर्नामेन्ट २०८१ समेत २०८१ माघ ५ गते नै सम्पन्न हुने गरी रोयल नेपाल फुटसल एकेडेमी पेप्सी भक्तपुरमा संचालन गरेको छ ।  बिभिन्न बैंक, बिमा, कोष, एअरलाइन्स, होटेल, इन्टरनेट सेवा प्रादयक कम्पनी लगायत कर्पोरेट हावसहरुको खेलाडी सहभागी रहेको यस खेल बिगत ३ दिनदेखि संचालन भई रहेको छ । 

बैंकले मिति २०२४ साल माघ ७ गते स्थापना दिवसको स्मरणार्थ गरेको बिभिन्न कार्यक्रमहरु मध्ये अन्तिम कार्यक्रम मिति २०८१ माघ ७ गते मुख्य कार्यालयमा विशिष्ट अतिथीहरुको उपस्थितिमा सम्पन्न गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved