आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2025 | 11:23:07 AM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने निर्णय गरेको छ। बजारमा अत्यधिक तरलता भएको कारण यस रकमलाई उठाउने प्रक्रिया आज दिउँसो २ बजेबाट शुरू हुनेछ। यसका लागि बोलकबोल प्रणाली प्रयोग गरिने छ ,जसमा २१ दिनको अवधि तय गरिएको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका अंशहरूसम्म बोलकबोल गर्न सकिने छ।

सावाँ र ब्याज भुक्तानी माघ २७ गते तोकिएको छ र यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाट तय गरिनेछ। यस प्रक्रिया मार्फत सहभागी हुन चाहने बैंक र वित्तीय संस्थाले “क”,“ख” र “ग” वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू मात्र सहभागी गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोलमा सहभागी संस्थाले आफ्नो चाहिएको रकम र ब्याजदर (दशमलवको चार अंशसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ। राष्ट्र बैंकका अनुसार बोलकबोलमा आव्हान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved