सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सागढी शाखाबाट शिक्षा र सामाजिक विकासमा योगदान दिन क्रममा पर्सागढी वडा नं ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेको छ।
कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुबै विद्यालयका विद्यार्थीहरुलाई कपडा हस्तान्तरण होे । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ ।