प्रभु बैंकका सीईओ र संचालक फेरि पनि राष्ट्र बैंकको कारबाहीमा, के छ कसुर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2025 | 08:06:31 AM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंक फेरि नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ। यसअघि पनि विभिन्न नियामकीय निर्देशन विपरित काम गरेको आरोपमा कारबाहीमा पर्दै आएको प्रभु बैंक अहिले पनि कारबाहीमा परेको हो। 

राष्ट्र बैंककाअनुसार बैंक बित्तिय संस्था सम्बन्धि ऐनको दफा सय आकर्षित हुनेगरी बैक संचालक समिति र प्रमुख कार्यकारी अधिकृतले काम गरेकाले अहिलेलाई सचेतको कारबाही गरिएको हो। तर उक्त कसुर नसच्याए या नसुधारे राष्ट्र बैंक संचालक समितिको सम्बन्धित सदस्य र प्रमुख कार्यकारी अधिकृतलाई दफा सयको कारबाही हुनेछ। 

दफा सयको कारबाही भएमा सम्बन्धित व्यक्तिले पांच लाख जरिवाना  तिर्नुपर्ने हुन्छ भने पांच वर्ष बैंकमा मात्रै नभई राष्ट्र बैंकले नियम गर्ने कुनै पनि संस्थामा कुनै पनि जिम्मेवारीमा बस्न अयोग्य हुनेछ। 

पछिल्लो समय प्रभु बैंकमा संचालक समिति सदस्य चयनदेखि बैंक संचालनलाई लिएर राष्ट्र बैंकमा दैनिक जसो उजुरी पर्न थालेको छ। पौष २९ गते भएको बार्षिक साधारणसभाबाट निर्वाचित दुई संचालकले पनि दफा सय आकर्षित हुनेगरी काम गरेको र त्यसमा बैंकका सीइओले पनि सघाएको आरोप छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved