राष्ट्र बैंकद्वारा १५ वित्तीय संस्थाका सीईओमाथि कारबाही, एक संस्थालाई आर्थिक जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2025 | 09:57:42 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको आरोपमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ। सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा, र व्यावसायिक निरन्तरता कर्जाको दुरुपयोग भेटिएपछि कारबाही अघि बढाईएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंककाअनुसार लुम्बिनी, महालक्ष्मी, कामना सेवा, मुक्तिनाथ, सालपा, गरिमा, र सप्तकोसी विकास बैंकका सीईओलाई सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गरेको भन्दै सचेत गराइएको छ। 

यस्तै, समृद्धि, पोखरा, प्रोग्रेसिभ, आइ.सि.एफ.सि, जानकी, सेन्ट्रल, रिलायन्स, र गुडविल फाइनान्सका सीईओलाई पनि सचेत गराइएको छ। पोखरा फाइनान्सका सञ्चालक समितिलाई पनि गैरजिम्मेवारीका कारण सचेत गराइएको छ।

सेन्ट्रल फाइनान्सले नियामकीय मौज्दात रकम पूरा नगरेको पाइएपछि ९,१०६ रुपैयाँ जरिवाना गरिएको छ। गरिमा विकास बैंकलाई कालोसूचीमा रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेकाले चेतावनी दिइएको छ। 

कर्णाली डेभलपमेन्ट बैंकले निक्षेपकर्ताको बचत रकम भुक्तानी गर्न नसकेको हुँदा समस्याग्रस्त घोषणा गरिएको छ। राष्ट्र बैंकले कर्णालीको प्रमुख कार्यकारी अधिकारी र सञ्चालक समितिलाई निलम्बन गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ। केन्द्रीय बैंकले यस्ता गतिविधि रोक्न थप कडा कदम चाल्ने चेतावनी दिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved