गरिमा विकास बैंकद्वारा अनलाईन भुक्तानी सेवा सुरु, ग्राहकले ई–कमर्स सेवा लिनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2025 | 08:09:13 AM मा प्रकाशित

laxmi sunrise bank

गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्ग सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ अनलाईन भुक्तानी सेवा सुरु गरेको छ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकले आफ्ना डेविट तथा क्रेडिट कार्डको माध्यमबाट सिधै अनलाईन प्लेटफर्ममा वस्तु तथा सेवा खरिदका लागि सुरक्षित भुक्तानी गर्न सकिने ई–कमर्स सेवा सार्वजनिक गरेको हो।

यस सेवा प्रयोग गर्न गरिमा विकास बैंकका डेविट वा क्रेडिट कार्डहोल्डरहरूले आफ्नो कार्डमा ई–कमर्स सुविधा सुचारु गराउन नजिकैको शाखामा सम्पर्क गर्नुपर्नेछ। सेवा सक्रिय भएपछि ग्राहकहरूले अनलाईन भुक्तानी गर्दा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा तत्काल सूचना प्राप्त गर्नेछन्, जसले कारोबारलाई अझ सुरक्षित बनाउने विश्वास गरिमा विकास बैंकले लिएको छ।

विकास बैंकले लामो समयदेखि नविनतम डिजिटल बैकिङ्ग मार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। हाल, देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम सेवा सहित बैंकले प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।

गरिमा विकास बैंकले यस सेवाले ग्राहकहरूलाई डिजिटल बैकिङ्ग अनुभवलाई सहज, सुरक्षित र लाभप्रद बनाउनेमा विश्वास व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved