ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2025 | 08:17:50 PM मा प्रकाशित

laxmi sunrise bank

ज्योति विकास बैंक लिमिटेडले बैंकको स्वतन्त्र सञ्चालकमा श्री रेशम राज रेग्मीलाई नियुक्त गरेको छ । बैंकको  ५०९ औं बैठकले  रेग्मीलाई नियुक्त गरेको हो । 

वरिष्ठ अधिवत्ता समेत रहेका  रेग्मीसँग नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष कार्य गरेको अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका उनले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् ।

नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका  रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ्ग क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन्। रेग्मीको बैंकिङ्ग कानून तथा संस्थागत सुशासन सम्बन्धि पुस्तक समेत प्रकाशित भएका छन् । 

रेग्मीको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले  बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने बैंकले विश्वास  लिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved