प्रभु बैंकमा बेतिथिको पराकाष्ठा, संचालक समितिमा मात्रै नभई व्यवस्थापनमा समेत मनपरी !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2025 | 11:14:02 AM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंकको संचालक समितिमा मात्रै नभई व्यवस्थापनमा पन चरम बेतिथी भएको भेटिएको छ। कारबाही गर्नुपर्ने व्यक्तिलाई नै एउटा समितिको संयोजक बनाएको प्रभु बैंकले व्यवस्थापनमा पनि मनपरी गरेको भेटिएको हो। 

कानुनी व्यवस्था विपरित प्रभु मनी ट्रान्सफरलाई हित हुनेगरी काम गरेको आरोपमा संचालक पदबाट नै राजिनामा दिन बाध्य भएकी तथा अहिले पनि स्वार्थ बांझिने गरि काम गरेको भनी राष्ट्र बैंकमा उजुरी परेकी अम्बिका लामिछानेलाई मानव संसाधन समितिको संयोजक बनाएको प्रभु बैंकले व्यवस्थापनमा पनि मनपरि गरेको भेटिएको हो। 

जतिसुकै स्वार्थ बांझिने काम गरेपनि र जतिसुकै राष्ट्र बैंकले सचेत गराएपनि संचालक समितिमा अम्बिका लामिछानेको विकल्प नदेखेको झैं प्रभु बैंकको व्यवस्थापनमा पनि रश्मि पन्तका लागि मनपरी गरिएको भेटिएको हो। 

रश्मी पन्त, प्रभु बैंकमा ९ वर्षअघि अफिसरको रूपमा प्रवेश गरेकी एउटा सामान्य कर्मचारी हुन्। तर बैंकलाई आफ्नो प्राइभेट कम्पनी झैं चलाएका बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सिफारिस र तत्कालिन अध्यक्ष तथा सांसद देबी भट्टचनको सहमतिमा पन्त ९ वर्षको अवधिमै अहिले AGM को पदमा रहेका छिन्। 

औपचारिक रूपमा उनी Chief Business Officer (CBO) हुन्, तर व्यवहारिक रूपमा बैंकको De facto CEO को रूपमा काम गर्दै आएकी बैंकका कर्मचारी बताउछन। उनले बैंकका स्रोत र साधनलाई निजी स्वार्थमा प्रयोग गर्दै आफ्नो निजी साम्राज्य बनाउन लागेको बताइन्छ। 

पन्तलाई अगाडी सारेर भविष्यको सीईओ बनाउन बैंकिंग उद्योगमै कहलिएका आधा दर्जन हस्तीहरुलाई प्रभु बैंकबाट निस्किन बाध्य बनाइएको तथ्य समेत कसैबाट लुकेको छैन। त्यतिमात्र नभई, भएकै राम्रा कर्मचारी समेत चुपचाप बस्न बाध्य भएका छन्।  

प्रभु बैंकमा चाकडी संस्कृति

विश्वस्त स्रोतकाअनुसार रश्मी पन्तले बैंकको HR विभाग, Procurement प्रक्रिया र Loan व्यवस्थापनलाई आफ्नै नियन्त्रणमा राखेकी छिन्। बैंकका विभिन्न महत्त्वपूर्ण विभागहरूमा आफ्ना नजिकका साथीहरूलाई नियुक्त गरेर, उनीहरूलाई बैंकको महत्त्वपूर्ण कामहरूमा जोडेको छिन्। जसले गर्दा, योग्य र कर्मठ कर्मचारीहरूलाई अवसरको अभाव हुने गरेको छ, जबकि आफ्ना चाकडीवालालाई सहजमा बढुवा र लाभ प्राप्त हुन्छ।

२१ करोडको विज्ञापन खर्च, शून्य नतिजा

बैंकका तत्कालिन तथा अहिलेका छायाँ अध्यक्षको, बैंकका सीइओं शेरचनको र रश्मि पन्तका गलत अभ्यासलाई लुकाउन सघाउने मिडियाहरुमा पैसाको खोलो बगाएपनि नतिजा शून्य निस्केको भन्दै यत्तिखेर बैंकको चर्को आलोचना भएको छ। 

बैंकको बार्षिक साधारणसभामा मात्रै नभई बैंकको संचालक समितिमा समेत घाटामा जानबाट रोकिएको र खराब कर्जाको भारी बोकेको प्रभु बैंकले बार्षिक २० औं करोडको बिज्ञापन खर्च गरेकोमा प्रश्न उठाईएको छ। 

बैंकको विवरणअनुसार प्रभु बैंकले २१ करोडको विज्ञापन खर्च गरेको छ, तर बजारमा यसको कुनै उल्लेखनीय प्रभाव देखिँदैन। बैंकका हाकिमहरु नै मिलेर बिज्ञापन खर्चमा रजाई गरिएको बैंक स्रोतले जनाएको छ। 

अहिले बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ शेरचनको र सीबीओ रश्मि पन्तको सिफारिसमा मात्रै बिज्ञापन हुनेगरि प्रभु बैंकमा गत आर्थिक वर्ष तथा अघिल्लो आर्थिक वर्ष बैंकका कर्मचारीले समेत थाहा नपाउनेगरि बिज्ञापन खर्च गरिएको त्यहाँका कर्मचारी बताउछन। 

मनपरी कार्यशैली

बैंक स्रोतकाअनुसार रश्मी पन्तले बैंकको आन्तरिक कामकाजमा आफ्नै मर्जी चलाइरहेकी छिन्। उनी आफूलाई मनपर्ने व्यक्तिहरूलाई उच्च तलब, अतिरिक्त सुविधा र जिम्मेवारी दिएकि छन्। जसले गर्दा बैंकमा काम गर्ने योग्य र मेहनती व्यक्तिहरूको मूल्यांकन नगरी, चाकडीवालाहरूलाई प्राथमिकता दिइन्छ। यसरी, बैंकका मूल उद्देश्य र नीतिहरूभन्दा आफ्ना व्यक्तिगत स्वार्थको पूर्ति भइरहेको छ। बैंकमा एकै पदमा रहेर पनि फरक फरक तलब सुविधा रहेकाले स्रोतको आरोप पुष्टि भएको देखिन्छ।  त्यस्तै, पन्तमाथी कानूनी सल्लाहकारको रूपमा आफ्ना भाइलाई नियुक्ति गरेको आरोप छ। 

बैंकको भविष्य खतरामा

यसरी बैंकको आन्तरिक व्यवस्थापन भ्रष्ट र अनियमित भइरहेका कारण प्रभु बैंकको वित्तीय स्थिति गम्भीर संकटमा पुगिसकेको बैंकको वित्तिय विवरणबाट देखिन्छ। चालू आर्थिक वर्षको पुष मसान्तमा बैंक नाफामा भएको देखाउन प्रभु महालक्ष्मी लाइफमा रहेको २३ लाख कित्ता संस्थापक शेयर बिक्रि गरेको र त्यसबाट बैंकलाई करिब २३ करोडको नोक्सानी भएको तथ्य लुकेको छैन। 

प्रभु बैंकको अहिलेको हालत हेर्दा, यदि तुरुन्त सुधारात्मक कदम चालिएन भने यो बैंकको भविष्य संकटमा पर्ने जानकार बताउछन। बैंकका अधिकारी र कर्मचारीहरूले रश्मी पन्तको मनपरी व्यवस्थापनको सामना गर्दा प्रभु बैंकलाई अविलम्ब सही दिशा दिनका लागि पारदर्शिता र निष्पक्षता आवश्यक रहेको बताउछन। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved