सिटिजन्स बैंकको १९८औं शाखा काठमाडौंको पानीपोखरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2025 | 02:53:23 PM मा प्रकाशित

laxmi sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ। यससँगै काठमाडौं उपत्यकाभित्र बैंकका ३९ वटा शाखा तथा वाग्मती प्रदेशमा ५५ वटा शाखा संचालनमा पुगेका छन्।

पानीपोखरीमा आयोजित एक विशेष समारोहका बीच बैंकका सञ्चालक समिति अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरे। कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ शाखाका कर्मचारीहरूलाई अनुशासित र मर्यादित ढंगबाट कार्य गर्दै संस्थालाई अझ नयाँ उचाइमा पुर्‍याउन प्रेरित गरे।

विस्तारित सेवा र विशेष सुविधाहरू

नयाँ शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गरिनेछ। साथै, साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले राखेको छ। शाखा संचालनको अवसरमा ग्राहकहरूका लागि विशेष सुविधाहरू प्रदान गरिनेछः

खाता खोल्दा – पहिलो वर्ष निःशुल्क कोर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा।

डिम्याट खाता खोल्दा – पहिलो वर्ष शुल्क छुटको व्यवस्था।

लकर सेवा – २५५ अनिवार्य मौज्दात छुट तथा पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट।

नवीनतम बैंकिङ प्रविधि र विस्तार

सिटिजन्स बैंकले हालै मात्र “बैंक अफ द इयर २०२४” उपाधि प्राप्त गरेको छ। यससँगै बैंकले नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) संचालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा ऋण नम्बर सेवा लिन सकिने सुविधा पनि सुरु गरेको छ।

हाल ६० जिल्लामा १९८ शाखा, १६३ एटीएम, ३ विस्तारित काउन्टर, र ७४ शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाख ५० हजार ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै जाने जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved