
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरताजस्ता विभिन्न क्षेत्रका कार्यक्रमहरूमार्फत समाजलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राख्दै आएको छ।
यसै क्रममा, बैंकको मान्म शाखाले खाँडाचक्र नगरपालिका-१, कोइरेलगाउँस्थित विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको हो। चिसो मौसमका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको अवस्थामा बैंकले सहयोगस्वरूप न्यानो लुगा उपलब्ध गराएको हो।
विद्यालयमा आयोजित कार्यक्रममा सानिमा बैंकका मान्म शाखाका कर्मचारीहरूले विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरेका थिए। बैंकले आगामी दिनहरूमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।