
वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकहरूमध्ये १८ बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ५.७५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ। लक्ष्मी सनराइज बैंकले भने ब्याजदर घटाएको छ।
समग्रमा, फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.००१ प्रतिशत रहेको छ ।