‘ग्लोबल मनी विक २०२५’ नेपालमा सुरू, वित्तीय साक्षरता अभिवृद्धिमा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2025 | 11:57:05 PM मा प्रकाशित

‘उत्पादन, बचत, सुरक्षित लगानी’ भन्ने नाराका साथ ग्लोबल मनी विक २०२५ को १३औं संस्करण आजदेखि नेपालमा सुरू भएको छ। हरेक वर्ष मार्च १७ देखि २३ सम्म मनाइने यो अभियान बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर सञ्चालन गरिन्छ।

नेपालमा ग्लोबल मनी विक २०२५ को पहिलो दिन नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड को संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी ले वित्तीय साक्षरता विस्तार गर्दै गाउँ-गाउँमा बचत र लगानी सम्बन्धी सचेतना पुर्याउनु आवश्यक रहेको बताए। साथै, उनले विद्यालय स्तरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र विद्युतीय माध्यमबाट जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराए।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी ले बालबालिका तथा युवालाई पैसाको महत्व, बचत, सही लगानी, र ठगी नियन्त्रण सम्बन्धी जानकारी दिने आवश्यक रहेको बताए।

वित्तीय साक्षरताको विस्तारका लागि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, नेपाल स्टक ब्रोकर्स एसोसिएसन लगायत वित्तीय क्षेत्रका विभिन्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

नेपालभर वित्तीय ज्ञान विस्तारका लागि सम्बन्धित निकायहरूबीच सहकार्यको आवश्यकता औंल्याउँदै, ग्लोबल मनी विक २०२५ सप्ताहभर विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved