एनएमबि बैंकले ल्यायो ग्रीन सेभिङ्स डिपोजिट, बचतसँगै हरित ऋणमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 10:55:47 AM मा प्रकाशित

एनएमबि बैंकले ‘ग्रीन सेभिङ्स डिपोजिट’ (हरित बचत खाता) नामक नयाँ बचत योजना सुरू गरेको छ। वातावरण संरक्षणलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यो योजनाले व्यक्तिहरू तथा संस्थाहरूलाई दीगो वित्तीय व्यवस्थापनमा सहभागी गराउने लक्ष्य लिएको छ।

बैंकका अनुसार यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, तथा प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ। साथै, यस खाताका ग्राहकले आफ्नो लगानीबाट राम्रो प्रतिफल पाउने मात्र नभई हरित ऋणमा विशेष छुट समेत प्राप्त गर्नेछन्।

एनएमबि बैंक नेपाललाई शून्य प्रदूषणतर्फ उन्मुख गराउने तथा सन् २०४५ भित्र शुद्ध कार्बन न्यूनीकरणको लक्ष्य पूरा गर्ने उद्देश्यमा प्रतिबद्ध रहेको बताइएको छ। यस योजनामार्फत ग्राहकहरूले जलवायु परिवर्तन विरुद्ध लड्न र वातावरणमैत्री वित्तीय अभ्यासमा योगदान गर्न सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved