सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा नयाँ सेवा थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 06:42:32 PM मा प्रकाशित

डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरू थपेको छ। अब ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई घरमै बसेर मोबाइल एपमार्फत प्यान अपडेट गर्न सक्नेछन्। साथै, ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा सोही एपमार्फत अनुरोध गर्न सक्ने व्यवस्था बैंकले मिलाएको छ।

बैंकले डिजिटल बैंकिङ सेवाको दायरा फराकिलो बनाउँदै ग्राहकलाई सहज र झन्झटरहित बैंकिङ अनुभव दिन नयाँ सुविधा लागू गरेको जनाएको छ। बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त सिटिजन्स बैंकले केही समयअघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिने सुविधा पनि बैंकले सुरु गरिसकेको छ।

हाल बैंकले ६० जिल्लामा फैलिएका १९९ शाखा, १६६ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिँदै भविष्यमा अझ नवीनतम प्रविधिहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved