सिन्धु विकास बैंक लिमिटेडले वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीक २०२५ कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। शाखा कार्यालय पनौतीको आयोजनामा चैत्र ७ गते काभ्रेको श्री तेजगंगा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का ७५ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा बैंकका प्रतिनिधिहरूले बचत, कर्जा, लगानी, खर्च व्यवस्थापन, बजेट निर्माण, वित्तीय सेवा, डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौतीहरू तथा सुरक्षाका उपायहरूबारे जानकारी प्रदान गरेका थिए।