ग्लोबल मनी वीकको अवसरमा सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2025 | 11:57:54 AM मा प्रकाशित

सिन्धु विकास बैंक लिमिटेडले आफ्नो वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीकको अवसरमा को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका बनेपा शाखा र नारायणगढ शाखाको आयोजनामा मिति २०८१ चैत १० गते सम्पन्न भएको हो ।

बनेपास्थित श्री संकल्प क्याम्पसमा आयोजित कार्यक्रममा स्नातक तहका ६५ जना विद्यार्थी सहभागी भएका थिए । यस्तै, नारायणगढको श्री बालकुमारी कलेजमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले बचत, कर्जा, लगानी, बजेट व्यवस्थापन, खर्च नियमन, वित्तीय सेवा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । साथै, डिजिटल बैंकिङ प्रणालीको प्रयोग, साइबर सुरक्षा, र डिजिटल लेनदेनसँग सम्बन्धित चुनौती र सावधानीका विषयमा पनि विस्तृत जानकारी प्रदान गरिएको थियो ।

बैंकले यस कार्यक्रमलाई विद्यार्थीहरूको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको जनाएको छ । यस्ता कार्यक्रमले भविष्यका जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved