एभरेष्ट बेैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2025 | 06:56:25 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकको संयोेजनमा विगतका वर्षहरुजस्तै यस वर्षपनि एभरेष्ट बेैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रमअन्तर्गत ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल र क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरेको जनाएको छ ।  उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई  बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि समेत जानकारी गराइएको बैंकले जनाएको छ । 

Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक, देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ ATM छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved