ज्योति विकास बैंक लिमिटेडले चैत ४ देखि १० गतेसम्म मनाइएको “ग्लोबल मनी वीक २०२५” को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
“Think Before You Follow, Wise Money Tomorrow” भन्ने नाराका साथ सम्पन्न भएको यो सप्ताहव्यापी अभियान अन्तर्गत बैंकले आफ्ना प्रादेशिक तथा क्लस्टर शाखाहरू मार्फत विद्यालय तथा कलेजहरूमा वित्तीय ज्ञान दिने उद्देश्यले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको हो।
कार्यक्रम अन्तर्गत आधुनिक बैंकिङ प्रणाली, बचत र लगानीको महत्व, बैंक तथा वित्तीय संस्थाहरूको भूमिका, विद्युतीय कारोबार, साइबर ठगीको जोखिम, धितोपत्र बजार तथा खर्च व्यवस्थापन लगायतका विषयमा सहभागीलाइ जानकारी प्रदान गरिएको थियो। बैंकले १५ भन्दा बढी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ जसमा १ हजारभन्दा बढी विद्यार्थी, युवाहरू र सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
बैंकले डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालहरू मार्फत पनि सचेतनामूलक सामग्रीहरू प्रकाशन गरेको थियो। साथै, ग्लोबल मनी वीक अवधिभर प्रभातफेरी, सचेतना र्याली लगायतका कार्यक्रम पनि सञ्चालन गरिएको थियो। फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।