कुमारी बैंक लिमिटेडका ग्राहक गोकुल थापा भिसा कार्ड प्रयोगकर्तामध्ये पहिलो स्थान हासिल गर्दै भिसा द्वारा सञ्चालित डिजिटल भुक्तानी प्रवर्द्धन अभियानका मुख्य विजेता बनेका छन्। “Visa Digital Payment Campaign” अन्तर्गत भिसा कार्ड प्रयोगमा आधारित प्रतिस्पर्धामा उनले शीर्ष स्थान हात पारेका हुन्।
त्यस्तै, कुमारी बैंककै अर्को ग्राहक क्षितिज भट्टराई पनि सोही अभियानमा विजेता घोषित भएका छन्। भिसा कार्ड प्रयोगको आधारमा नेपालका विभिन्न भिसा मेम्बर बैंकहरूका ग्राहकहरूमध्ये टप २५ जनालाई विजेता घोषणा गरिएको हो।
भिसा कार्डमार्फत डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको थियो। अभियानमा डिजिटल कारोबारको दर बढाउने, नगद प्रयोग घटाउने र सुरक्षित भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्य राखिएको थियो।