गभर्रनरको दौडमा रहेका ढुङगानाले दिए नबिल बैंकको सीईओबाट राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2025 | 12:23:25 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकको भावी गभर्नरको प्रमुख दाबेदारको रुपमा रहेका ज्ञानेन्द्र प्रसाद ढुङगानाले नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजिनामा दिएका छन्। उनले आजको मितिबाट लागू हुने गरी सीइओ पदबाट राजीना दिएको विशेष स्रोतले जनाएको छ। 

बिजपाटीलाइ प्राप्त उनको राजिनामापत्रअनुसार, ढुंगानाले दुई दिनअघि अर्थात चैत १० गतेदेखि नै लागू हुनेगरी सीइओ पदबाट राजिनामा दिएका हुन्।  गभर्नर नियुक्तिमा प्राविधिक अड्चन नआओस् भन्ने उद्देश्यले कार्यकाल सकिन डेढ वर्ष बाँकी रहँदै सीईओ पदबाट राजिनामा दिएको उनि निकट व्यक्तिहरु बताउछन।  

बैंकको सीइओ पदमा रहेर गभर्नरको दौडमा सहभागिता जनाउँदा स्वार्थ, पदीय दुरुपयोग वा निष्पक्षतासम्बन्धी प्रश्न उठ्न सक्ने भएकाले उनले समयमै पद छोड्ने निर्णय गरेको बताइन्छ। 

ढुंगाना तत्कालिन नेपाल बंगलादेश बैंकको सीइओ हुँदै नबिल बैंकको सीइओ बनेका हुन्। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि ढुंगाना नबिलको सीइओ बनेका हुन्।  चार्टड एकाउनटेन्ट समेत रहेका ढुंगाना आफैं नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी समेत हुन्। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved