एनएमबि बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर व्यापक वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सबै सातै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको हो।
ग्लोबल मनी वीक २०२५ को नारालाई आत्मसात गर्दै बैंकले प्रभातफेरी, सचेतना अभियान र सामाजिक सञ्जालमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरेको छ। बैंकले युवावर्ग, विद्यार्थी तथा समुदायस्तरसम्म पुगेर वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचत, लगानी तथा सुरक्षित कारोबारबारे जानकारी प्रदान गरेको जनाएको छ।
बैंकका अनुसार, देशभर सञ्चालन भएका कार्यक्रमबाट ३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन्। एनएमबि बैंकले फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका माध्यम प्रयोग गरी वित्तीय शिक्षालाई सजिलो र पहुँचयोग्य बनाउन प्रयास गरेको हो।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार, “वित्तीय पहुँच मात्र हैन, वित्तीय समझदारी पनि आजको आवश्यकता हो। बैंकिङ सेवाको विस्तारसँगै जनमानसको आर्थिक सचेतनामा वृद्धि गर्नु हाम्रो प्राथमिकता हो।”
हाल एनएमबि बैंकले २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत देशभर सेवा दिँदै आएको छ। निरन्तररूपमा नविन कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा अझ बढी युवामुखी र डिजिटल साक्षरतामुखी कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ।