अन्ततः गभर्नर कांग्रेसको पोल्टामा, भट्ट र ढुंगानाबीच कसले मार्ला बाजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2025 | 12:52:44 PM मा प्रकाशित

nepal oil ltd

राष्ट्र बैंकको नयाँ गभर्नर अन्ततः काङ्ग्रेसले पाउने पक्का भएको छ । बिजपाटी डटकमलाई प्राप्त जानकारी अनुसार एमाले र कांग्रेसबीच सत्ता साझेदारीको आधारमा गरिएको पछिल्लो सहमतिअनुसार गभर्नरको पद कांग्रेसले पाउने भएको हो । 

कांग्रेसको पोल्टामा गभर्नर आएसँगै अब भने को बन्ला गर्भनर ? भन्ने चाँसो बढेको छ । यदपी बजारमा डा. गुणाकर भट्ट गर्भर बन्ने चर्चा बढी छ । विगतमा राष्ट्र बैंकमा उप–गभर्नरको जिम्मेवारी सम्हालेका भट्ट अहिले अर्थशास्त्र र मौद्रिक नीतिमा गहिरो पकड राख्ने विज्ञका रूपमा चिनिन्छन् । तर, अर्का उम्मेदवारका रूपमा कांग्रेसकै वरिष्ठ अर्थशास्त्री तथा बैंकिङ् क्षेत्रका अनुभवी व्यक्ति ज्ञानेन्द्र ढुंगानाको नाम पनि उत्तिकै बलियोसँग अघि सारिएको छ ।

स्रोतका अनुसार आज बस्ने सिफारिस समिति बैठकले तीन जनाको नाम सिफारिस गर्नेछ । तीमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नरमा नियुक्त गर्नेछ । यही प्रक्रियाबाट अन्तिम निर्णय लिइने भए पनि दुवै उम्मेदवारको पृष्ठभूमि हेर्दा सत्तापक्षभित्र निर्णय गर्न कठिन हुन सक्ने देखिन्छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved