गभर्नरको दौडमा रहेका डा. गुणाकर भट्टले दिए राजीनामा, नियुक्तिप्रति चासो बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2025 | 01:23:01 PM मा प्रकाशित

nepal oil ltd

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । आगामी गभर्नर नियुक्तिमा उनको नाम प्रमुख दाबेदारका रूपमा चर्चा भइरहेका बेला भट्टले शुक्रबार बिहान आफ्नो राजीनामा बुझाएका हुन् ।

सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउने सहमति भएपछि भट्टको सम्भावित नियुक्ति अझ बलियो बनेको हो । यद्यपि राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकले गभर्नर बन्ने क्रममा अनिवार्य रूपमा राजीनामा बुझाउनुपर्ने प्रावधान छैन, भट्टले कानुनी विवाद तथा प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न राजीनामा बुझाएका हुन् ।

गभर्नर नियुक्तिको प्रक्रियाअनुसार अब सिफारिस समिति बस्नेछ, जसले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्नेछ । कांग्रेसको भागमा गभर्नरको पद आएपछि पार्टीभित्र डा. भट्ट र ज्ञानेन्द्र ढुंगानाबीच प्रतिस्पर्धा देखिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved